वीरगन्ज,सुवोेध स्मृति पत्ररकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार गोविन्द देवकोटा सम्मानित हुनु भएको छ ।

प्रतीक प्रकाशन समूहले स्थापना गरेको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार गोविन्द देवकोटा प्रतीक दैनिकको २६ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएको हो । उहाँलाई प्रमुख अतिथि प्राध्यापक वासुदेलाल दास, अतिथिहरू प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतले सम्मान गर्नुभएको थियो । नारायणी एमएम वीरगन्जका कार्यकारी अध्यक्षसमेत रहनुभएका देवकोटालाई ५१ हजार नगद राशीसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्य अतिथि बासुदेवलाल दास, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पुरस्कृत पत्रकार देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply