वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको भिष्वा होटलको क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको होटलको क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको हो ।
नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराएर जुवा खेलाएको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता कुमारबिक्रम थापाले जानकारी दिनुभयो । होटलको क्यासिनोमा प्रवेश गर्न लाग्दा प्रहरी टोलीसँग वादविवाद तथा प्रहरी कारबाहीमा अवरोध गरेकाले पक्राउ गरेको प्रवक्ता थापाले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा सिएमजी क्लवका सेक्युरिटी गार्ड, सोही क्लवका मार्केटिङ म्यानेजर, फ्लास मनिटरसमेत रहेका छन् ।प्रहरीले कास्कीको पोखरा महानगरपालिका– १५ बस्ने ३२ वर्षका प्रताप लामा, सर्लाहीको बरहथवा–११ का ३४ वर्षका उमेश कार्की, वीरगञ्ज महानगरपालिका– १६ नगवा बस्ने ३४ वर्षका पप्पु सिंह र सोही वडाका ४० वर्षीय सुरजकुमार कलवारलाई नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले होटलबाट पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply