आरके राजन

सिम्रौनगढ,अपाङ्ग भएका महिलाको सवालप्रति स्थानीय तह र सरोकारवाला निकायहरुको भुमिका सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम शनिवार सिम्रौनगढमा सम्पन्न भएको छ ।सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख नजमु शेहरको प्रमुख आतिथ्यता एव पहिचान नेपालको राष्ट्रिय अध्यक्ष इच्छा केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरु समाजिक सुरक्षा भत्तामा मात्र निर्भर नरही आफ्नो जीविकोपार्जनको लागि शिक्षा रोजगार र सीपमुलक काम सिक्ने र गर्ने जस्ता कुरामा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।अपाङ्ग भएका महिलाको लागि नगरपालिकाले लगानी गर्नुपर्ने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । साथै कार्यक्रममा सहभागी अपाङ्गहरुले पनि आफ्ना समस्या राखेका थिए । उनीहरुले समाजमा सपाङ्ग भनिएका व्यक्तिहरुबाट आफूहरुले भेदभाव बेहोर्नु परेको गुनासो गरेका थिए । त्यसैगरी उनीहरुले शिक्षा र रोजगारबाट बन्चित हुनुपरेको र यतायात र अन्य सेवामा पनि राज्यले तोकेको सहुलियल पाउन नसकेको बताएका थिए ।पहिचान नेपालको आयोजना र डिसबिलिटी राईट फण्ट अमेरिकाको सहयोगमा भएको यो अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासघ संघीय सदस्य सुनिलकुमार यादव, कार्यक्रम संयोजक सामना नगरकोटी र सन्चालन चन्दा खतिवडाले गर्नुभएको थियो ।कार्यक्रममा सिम्रौनगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष रामदीनेशप्रसाद यादव, वडा न. ९ का अध्यक्ष रामएकबालप्रसाद यादव, वडा नं. १० का राजकुमार यादव, वडा न ६ का अध्यक्ष नन्दकिशोरप्रसाद जयसवाल, वडा न. ५ अध्यक्ष शिवमङल कुशावाहा, सिम्रौनगढ नगरपालिका कृषि शाखा संयोजक शेख अन्सारुल, सिम्रौनगढ नगरपालिका अपाङ्ग शाखा संयोजक प्रयाग महतो लगायतले अफ्नो विचार राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा मिथिला साथी समाज नेपालको प्रतिनिधि, नेपाल अपाङ्ग सेवा सघको प्रतिनिधि लगायत सिम्रौनगढ नगर नगरपालिकाका अपाङ्गहरुको सहभागिता रहेको थियो ।

Leave a Reply