निजगढ, शिक्षक सरुवा पदास्थापन विवादमा केही स्थानीयले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा तालबन्दी गरेपछि एक साताअघिबाट अवरुद्ध बन्नपुगेको निजगढ नगरपालिका १० लालस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएपनि विद्यालयढमा उत्पन्न तनाव भने अन्त्य भएको छैन ।तर बन्दकर्ताहरुले सहमति विपरित फेरि प्रअ साहको कार्यकक्षमा तालाबन्दी जारी राखेपछि विद्यालयमा उत्पन्न तनाव अन्त्य हुन नसकेको हो । यसअघि आइतवार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा सोमवार १० बजेबाट प्रअको कार्यकक्षमा लागेको ताला खोल्ने र विद्यालयमा अवरुद्ध पठनपाठन सुचारु गर्ने सहमति भएको थियो । तर दिउसो ११.३० बजे विद्यालयमा पुगेका बन्दकर्ताहरुले शिक्षक, कर्मचारी र विद्यार्थीको हाजिरी रजिष्टर निकालेपछि प्रअ साहको कार्यकक्षमा भने फेरि ताला लगाएका छन ।

रजिष्टर निकालेपछि शिक्षकहरुले पठनपाठन शुरु गरेपनि फेरि तालाबन्दी गरिएकोले विद्यालयमा उत्पन्न हुदैआएको तनाव भने अन्त्य नभएको प्रअ साहले बताउनुभएको छ । उहाँले तनावको बीचमा पठनपाठन गर्नुपर्दा प्रभावकारी हुननसकेको पनि बताउनुभयो ।निजगढ नगरपालिका शिक्षा शाखाले शिक्षक सेवा आयोगको परीक्षा उर्तिण गरेका आधारभूत तहका शिक्षक रेखा साह र लक्ष्मी रावललाई विद्यालयमा पदास्थपना गर्ने निर्णय गरेपछि असन्तुष्ट केही स्थानीयले प्रअ साहको कार्यकक्षमा गत मंगलवार तालबान्दी गरेका थिए । उनीहरुले शिक्षक साह र रावलको साटो निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालस्थित भगवती आविका प्रधानाध्यापक उदयराज अधिकारीलाई विद्यालयमा सरुवा गरेर हाजिर गराउनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन ।विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गर्ने निर्णय गरेका शिक्षकहरुलाई हाजिर गराउनु पर्ने भएकोले सरुवा हुन खोज्ने अर्का शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ ।

Leave a Reply