बसन्त लामा

सिगौंल,निजगढ नगरपालिका वडा नम्बर ३ स्थित गुम्बा टोलमा रहेको पोखरी बेवारिसे अवस्थामा पुगेको छ ।जिल्ला भूसंरक्षण कार्यालय बाराले १ दशकअघि निर्माण गरेको सो पोखरी संरक्षणको अभावमा बेवारिसे अवस्थामा पुगेको हो । संरक्षण अभावमा पोखरीको पानी सुकेर झार फैलिएको छ भने डिल समेत भत्केर पोखरी लोप हुने अवस्थामा पुगेको छ । संरक्षणको लागि जनप्रतिनिधिहरुले ध्यान नदिएपछि पोखरी लोप हुने अवस्थामा पुगको स्थानीयले बताएका छन । वडा कार्यालय भवनको अगाडिपट्टी रहेको सो पोखरी संरक्षणको लागि वडा कार्यालयले नै ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।चुरे क्षेत्रको भल पानी जम्मा गरेर तल्लो भेगको जमिनमा चिस्यान बढाउने उद्देश्यले भूसंरक्षण कार्यालय पोखरी निर्माण गरेको थियो । उक्त पोखरीमा स्थानीय किसानले घरमा पालेका चौपायको लागि पानी खुवाउने गर्दै आएका थिए । तर पोखरीको पानी सुकेको लामो समयसम्म पनि संरक्षण नभएपछि पशुपालक किसानलाई समस्या भएको स्थानीय रामगोपाल बराइलीले गुनासो गर्नुभएको छ ।

Leave a Reply