सिमरा,साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २८औँ वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसर पारेर संस्थाले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष प्रदिप सिंह बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले गर्नुभएको थियो । कार्यक्रममा कृषि सहकारी संस्थाका केन्द्रीय अध्यक्ष खेम पाठक, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, ईलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply