वीरगञ्ज,स्वर्गीय  पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस पत्रकार आशुकुमार सर्राफलाई प्रदान गरिएको छ ।पत्रकार सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभा हलमा आयोजित कार्यक्रममा आशु कुमारलाई नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाएर सम्मान पत्र र नगद २१ हजारको चेक हस्तान्तरण गरेका थिए । समाजवादी प्रेस सङ्गठन नेपाल जिल्ला समिति पर्साका अध्यक्ष शम्भुकुमार सुमनको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले स्वर्गीय नरेश सर्राफको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उहाँ निडर, इमानदार, निष्पक्ष र आँटिलो पत्रकार भएको तथा नवपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् ।
प्रमुख अतिथि प्रजिअ दाहालले पुरस्कृत पत्रकार आशुकुमार सर्राफलाई बधाई दिँदै पुरस्कारले तपाईँमा थप जिम्मेवारी बढाएको बताउनुभयो । उहाँले समाचार सम्प्रेषण गर्दा तथ्य जाँच, विश्वसनीयता र सामाजिक सद्भावमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply