राजन कुमार बानिया
पोखरिया,जिल्ला पर्सा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा नाकाबाट सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलीका कपडा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल पर्सा गणबाट गाडी मोबाईल टोलीले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी बी.आर २२ एस ५९५६ र बी. आर २२ एस २८५९ नम्बरको भारतीय मोटर साईकलमाहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा र मोटर साईकल नियन्त्रणमा लिएको हो ।
प्रहरीले पर्साको बहुदरमाई नगरपालिका बस्ने तस्करी कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।
बरामद सामाग्रीमा मोटरसाईकलको मूल्य २ लाख र कपडा २ लाख २५ हजार गरि जम्मा ४ लाख २५ हजार बराबर रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

Leave a Reply