कलैया,बारा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मताहातको टोलीले जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं.२ बस्ने बिजुली पंडित कुम्हार र महागढीमाई नगरपालिका वडा नं. ११ मधुरी जब्दी बस्ने अन्दाजी वर्ष ५२ को तैयब मियाँ भन्ने तईअब अंसारीलाई घरमा छुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरेको हो ।लेनदेन मुद्दामा जिल्ला अदालत बाराव्दारा २ वर्ष कैद सजाय तोकिएका कुम्हारलाई ईलाका प्रहरी कार्यालय र कुटपिट अंगभंग मुद्दामा अदालतबाट जरिवाना बापत १० हजार जरिवाना तोकिएका अन्सारीलाई प्रहरी चौकी बरियारपुरबाट खटिएको टोलीले पक्राउ गरेको डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

















