निजगढ,युव अफ निजगढले शनिवार निजगढमा सांगितिक कार्यक्रम प्रिहोली कन्सर्ट आयोजना गरेको छ ।
निजगढ ७ स्थित निजगढ पार्टी प्यालेस एण्ड सेमिनार हलमा भएको सो कार्यक्रममा चर्चित गायक उदय स्वताङ्ग, मनिला स्वताङ्गलगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बत्ती बालेर कन्सर्टको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा निजगढको सांगितिक क्षेत्रमा योगदान दिने १ दर्जनभन्दा बढीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सांसद मैनाली, प्रदेश सभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्व नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिला लामिछाने खनाल, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामालगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन मनिता पाण्डे र भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।निजगढका सक्रिय युवाहरुको संगठन युथ अफ निजगढले हरेक वर्ष होली पर्वको पूर्वसन्ध्यामा निजगढमा सांगितिकसहित विभिन्न कार्यक्रमको आयोजना गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here