कलैया,छठ पर्वको दिन गत कात्तिक २५ गते दुई पक्षबीच भएको झडपमा परी मृत्यु भएका कलैया उपमहानगरपालिका वडा नं. २५ का १८ वर्षीय राधेश्याम राउत कुर्मी पटेलको परिवारलाई मधेस सरकारले उपलब्ध गराएको ५ लाख रुपैया आइतवार हस्तान्तरण गरिएको छ ।
बारा क्षेत्र न –३ ख को प्रदेश सभा सदस्य पारसप्रसाद साहको विशेष पहलमा मधेस प्रदेश सरकार मुख्यमन्त्री कार्यालायबाट प्राप्त ५ लाख रुपैयाँ बराबरको चेक मृतकका पिता राजकुमार राउत कुर्मी पटेललाई हस्तान्तरण गर्नुभएको हो ।
झडपमा घाइते पटेलको गएको पुस २१ गते एन.एस.न्युरो तथा जेनेरल होस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
रकम हस्तान्तरण गर्ने कार्यक्रममा जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेल, प्रदेश सभा सदस्य पारस साह, जसपा पार्टीका नगर सहसचिव सुजित पाण्डे, वडा अध्यक्ष हरिन्द्र राउत कुर्मी, लोसपा पार्टीका नेता संतोष पटेल लगायत कलैया उपमहानगरपालिकाको अगुवा नेता तथा समाजसेवी तथा बौद्धिक वर्ग र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।