जियालाल चौधरी
कोल्हवी – जारी तेस्रो कोल्हवी गोल्डकपको तेस्रो दिन भएको खेलमा १–४ गोलको विरुद्ध बैङ्गखी एकेडमी महोतरी विजयी भएका छन् । जनशक्ति क्लब कोल्हवी, समाज बिकास युवा क्लब कुमरगढी, सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाई युवा क्लब अधनवाको आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हवी गोल्ड कपको तेस्रो दिन मंगलवार हर्दी समाज चितवन र बैङ्खरी एकेडेमी महोत्तरी बिच भिडन्त भएको खेलमा १–४ गोलको विरुद्ध बैङ्खरी एकेडेमी महोतरीले सानदार जिल हासिल गरेको छ ।
बैङ्खरी एकेडेमी महोतरीका जर्सी नम्बर ११ का कृष्ण राणाले खेलको पहिलो हाल्फको २० औं मिनेट जादै पहिलो गोल गरि खाता खोलेका थिए । भने जर्सी नम्बर ५ का रतिस सुस्लिङले खेलको पहिलो हाल्फको ३२ औं मिनेट जादै दोश्रो गोल थपेका थिए । त्यस्तै जर्सी नम्बर ७ का सुजित बुढाथोकीले खेलको दोश्रो हाल्फको ८ औं मिनेट जाँदै तेस्रो गोल गरेका थिए । भने जर्सी नम्बर १० का सनम आलेले अन्त्यमा चौथो गोल थपी आफ्नो टिमलाई १ को विरुद्ध ४ गोलले बिजय घोषित गराएको छ ।
बैङ्खरी एकेडेमी महोतरीका जर्सी नम्बर १० का सनम आलेलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो । अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको तेश्रो कोल्हवी गोल्ड कपमा मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर, गोल्डेन स्टार दुहबी सुनसरी गरि अझै २ वटा टिम क्वाटर फाईनल खेलमा सहभागी रहने भएका छन् । बुधबारको दिन मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर र गोल्डेन स्टार दुहबी सुनसरी बिच प्रतिस्पर्धा हुने बारे आयोजकले जनाएका छन् ।
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनशक्ति क्लब कोल्हवीका सचीव लक्ष्मी नारायण चौधरीले जानकारी दिए । १८ गते आइतबार देखि सुरु भएको खेल २८ गते बुधबार सम्म चल्ने छन् । जारी तेस्रो कोल्हवी गोल्डकप खेलमा महिलाहरुको लागि निःशुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको छ । त्यसैगरी २४ गते शनिवार रेस्टको दिन महिला मैत्रीपुर्ण फुटबल खेल चपुर र बागमती बिच हुने बारे आयोजक समितीले जानकारी दिए ।