सिमरा,जीतपुरसिमराका विभिन्न विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी जेसिआई सिमराले ६० दिने निःशुल्क कम्प्युटर तालिम सञ्चालनमा ल्याएको छ ।तालिमका लागि उपमहानगरपालिकाभित्रका पाँच वटा विद्यालयबाट तीन जनाका दरले विद्यार्थीहरू छनोट भएका छन् ।सहभागी विद्यालयहरूमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र श्री फकिरा गिरी–राजेश्वर गिरी माध्यमिक विद्यालय जीतपुर रहेका छन् ।

छनोटमा परेका विद्यार्थीहरूले कम्प्युटरको आधारभूत सीपदेखि व्यावहारिक प्रयोगसम्मका विषयमा दक्षता हासिल गर्ने विश्वास लिएको छ ।प्रविधिमैत्री शिक्षाको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ सुरु गरिएको यो तालिमले विद्यार्थीहरूलाई भविष्यमा शैक्षिक तथा व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धी बन्न मद्दत गर्ने सिट सिमरा ईन्स्टिच्युटका सञ्चालक द्धारिकाराज पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply