निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समुहको आठौं साधारण सभा मंगलवार सम्पन्न भएको छ ।साधारण सभाले समूहका अध्यक्ष रामप्रसाद पाण्डेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र बबिता श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा समूहको लेख समितिका संयोजक बद्री चिमोरियाले लेखा समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाराका अध्यक्ष रामजी बजगाईको प्रमुख आतिथ्यतामा भएको सो सभामा निजगढ नगरपालिका वडा नम्बर ९ का कार्यवहाक वडा अध्यक्ष चित्रप्रसाद चौलागाई, वडा सदस्य बबिता श्रेष्ठ, फेकोफन निजगढ नगर संयोजक कुशबाहदुर थापा, सबडिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, समूहका पूर्वअध्यक्ष कर्णबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।अध्यक्ष पाण्डको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव बबिता सापकोटाले स्वागत मन्तव्य र उपाध्यक्ष दिपककुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply