अहिले केहीदिनेखि यता केही संचारमाध्यामहरुमा आएका समाचारको विश्लेषण गर्ने हो भने वर्तमान सत्ता गठबन्धन धरापमा परेको जस्तो देखिन्छ ।करिब एक वर्षअगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा प्रधानमन्त्री बन्नुभएका पुष्पमकल दाहाल(प्रचण्ड) ले केही दिनमा नै त्यो समीकरणलाई भत्काएर नेपाली काँग्रेससंग अर्को गठजोड गर्नुभएको थियो । दहालले अनपेक्षित रुपमा काग्रेसहित नेकपा एकिकृत समाजवादी र मधेसवादी दलहरु गरेको सत्ता गठबन्धन आजको दिनसम्म पनि जारी छ ।

यद्यपि अहिले उक्त गठबन्धनमा दरार आएको हो कि भन्ने अनुमान पनि गरिदैछ र प्रचण्डको कुर्सी फेरि कतै धरापमा परेको को त हौन भन्ने अनुमान गरिदैछ ।अब प्रचण्डको कुर्सी गएपछि त्यो कुर्सीमा आउने पात्रको भलिभाति बारेमा पनि नेपाली नागरिकहरु जानकार नै छन् । नेपालमा सत्ताको प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालबाहेक अरुको हातमा पुग्नेवाल छैन । यसको मतलब प्रचण्डको कुर्सी खुस्कियो भने फेरि अहिलेका यिनै राजनीतिक दलहरुले अर्को गठबन्धन गरेर नै भएपनि सरकार बनाउछन् ।
त्यसो त अहिलेको संसदको संरचनाले पनि सरकार बनाउनका लागि गठबन्धन आवश्यक गर्नुपर्ने अवस्था छ । कुनै पनि दलको एकल बहुमत नभएका कारण यस्तो गठबन्धन स्वभाविक पनि होला तर यहाँ त आमा निर्वाचनमा नै गठबन्धन भएको थियो ।

पद प्राप्तिका लागि नेपालका नेताहरु जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा नेपालका नेताहरुले व्यवहारमा नै स्पष्ट बनाइसकेका छन् । अब काँग्रेस. र एमाले अथवा माओवादी र एमालेकाबीचमा गठबन्धन भएपनि त्यसमा आश्चर्य मान्न पर्ने अवस्था छैन । अनि नयाँ दल पनि कतै यिनीहरुकै गठबन्धनमा टाँसिएर सत्तामा जाने पनि निश्चित जस्तै छ ।
नेपालमा जसले जे भनेपनि यो गठबन्धनको राजनीतिकोतत्कालको लागि अन्त्य हुने संभावना देखिदैन । दलहरु आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले भइरहेको बहसले यो कुराको पुष्टि गर्छ । सत्ता गठबन्धनको राजनीतिले दलहरुलाई फाइदा भएपनि देश र जनतालाई भने फाइदा नगर्ने निश्चित छ ।

Leave a Reply