सिमरा,युएईमा हुने यु–१९ एसिया कप क्रिकेटका लागि घोषणा भएको नेपाली टोलीमा मधेस प्रदेशका चार खेलाडी परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको १८ सदस्यीय टोलीमा मधेस प्रदेशका रञ्जित कुमार, मयन यादव, अभिषेक तिवारी र राजेश यादव रहेका छन् ।रञ्जित पर्सा, मयन धनुषा, अभिषेक महोत्तरी र राजेश रौतहटका हुन् । हेमन्त धामीको कप्तानीमा घोषणा भएको टोलीमा उनीहरुसंगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, दयानन्द मण्डल, अपराजित पौडेल र दिलसाद अली छन् ।

Leave a Reply