नेपालमा खासगरी लोकतन्त्र स्थापना भएपछि केही भएन भनेर प्रचार गर्ने एउटा जत्था छ । सबै कुरा राजाको पालामा वा राजाले नै गरेका थिए भन्ने पनि एउटा समाज छ तर नेपालमा केही नभएको भने होइन ।हुन त राजा खासगरी महेन्द्र अनि वीरेन्द्रको पालामा पनि केही भएन भन्न त खोजिएको होइन तर गणतन्त्र स्थापनापछि पनि देशमा केही विकास भएको छ । विकास निर्माणका कार्यमा अनियमितता र छलछाम धेरै भएको छ यो सत्य हो तर काम नै भएको छैन भन्ने कुरा पनि होइन ।
प्रधानमन्त्री केपी शर्माले भने जस्तै केही पनि भएन भन्नेहरुका लागि काठमाडौं– तराई मधेस दु्रर्तमार्गले केही जवाफ दिएको छ । हुन त यो मार्ग आजको दिनसम्म बनिसक्नुपर्ने थियो तर पनि तोकिएको समय २०८३ को अन्त्यसम्म नै सकिए पनि तराई मधेस र सबै नेपालीका लागि धन्य हुनेछ र नेपाली सेना धन्यवादको पात्र हुनेछ । सेनाले काम नै नगरेको पनि होइन । हालै यो मार्गको कम्तीमा धोद्रे सुरुंग छिचोलिएको छ ।
जुन एकदमै सुखद खबर हो । बिस्तारै काम हुदै जाने हो । सुरुंगको काम सकिएपछि त सडकको कामका लागि त धेरै समस्या पनि नहोला । नेपाली सेनाले यो विषयमा स्पष्ट पनि पारेको छ । यस्ता गौरवका आयोजनाहरुलाई सफल बनाउनका लागि नागरिक स्तरबाट पनि सहयोग गर्न आवश्यक छ । सबैको साथ र सहयोग भएको खण्डमा विकास संभव हुने हो र विकासले गति पनि लिने र यस्तो सुखद खबर पनि सुन्न पाइने हो ।

















