जीतपुर,मधेस प्रदेस सरकारका मुख्य मन्त्री सरोज कुमार यादबले भारतीय पर्यटकलाई अपराधी सरहको ब्यवहार बन्द नगरेसम्म मधेस प्रदेसको बिकास नहुने बताएका छन् । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबार देखि सुरु भएको जीतपुरसिमरा महोत्सव २०८० को उद्घाटन मुख्यमन्त्री यादबले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले भारतीय नम्बर प्लेटको गाडी देख्ने बित्तिकै भन्सार देखि नै दुब्र्यवहार सुरु हुनु दुखद बिषय भएको बताए । “मधेस प्रदेसलाई सबै भन्दा बढी फाईदा पर्यटनबाट हुन्छ, उनले भने, जुन कि भारतबाट आउँछन् । तर ईण्डियन नम्बर प्लेट गाडि देख्ने बित्तिकै २ घण्टा भन्सारमै रोकिदिन्छ, पथलैया पुग्दासम्म १०÷१२ ठाउँमा चेकिङ्ग हुन्छ । लाग्छ उ कुनै आतङ्कबादी हो ।रु १ सय को नोट बोक्न पाउँने, त्यसमा पनि एउटा ब्यक्ति भारतीय रकम रु २५ हजार रुपैया भन्दा बढी बोक्न नपाउँने नियम सरासर गलत भएको बताए । रु २५ हजार मात्र लिएर कोही नेपाल घुम्न आउँछ भन्नी संघीय सरकारसँग प्रश्न गरे रु

पर्यटकीय भारतीय गाडिलाई एक हप्तासम्म नेपालमा घुम्न पाउँने छुट दिनुपर्ने नेपाल सरकारसँग माग गरे । उनले एक हप्तासम्म भारतीय पर्यटकीय गाडिलाई भन्सार छुट दिनु त ,६ महिनामा मधेस प्रदेस सरकारको मुहार फेरिन्छ । मुख्य मन्त्री यादबल भने ,म अहिले नै संघीय सरकारसँग माग गर्दछु कि एक हप्ताको लागि पर्यटक सवार भारतीय गाडिलाई भन्सार छुट दिनुस वा प्रदेश सरकारबाट त्यो भन्सार छुटको रकम ब्यहोर्ने ब्यवस्था मिलाउँनुस ,हामी तिर्न तयार छौँ ।

मुख्यमन्त्री यादबले संघिय सरकारमा जुन सुकै पाटीको सरकार भएपनि मधेसप्रती बिभेद गरेकै छ । उनले भने,के।पि।ओलिको सरकार पनि देखियो, शेर बहादुर देउवाको सरकार पनि देखियो र प्रचण्डको सरकार पनि देखियो । सबैले मधेसलाई मुखले माया गरेको भनेपनि ब्यवहारले सधै बिभेद गरेको जिकिर गरे ।उहाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले मधेशको विकासमा संघिय सरकारले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिसभा सदस्य ज्वाला कुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधानसभा सदस्यहरु शोभाकर पराजुली, जयराम दहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो । आजदेखि शुरु भएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ ।कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बिभिन्न समुदायका खानाका स्टलहरु, बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको स्टल, मनोरञ्जनात्मक बाल उद्यान, सेल्फी जोन लगायत रहेको छ । महोत्सवमा नेपालका चर्चित कलाकारहरु जिवन शर्मा, ज्योति मगर, बद्रि पंगेनी, अनु चौधरी, प्रिति पासवान, एलिना चौहाल, दुर्गेस थापा, रचना रिमाल, धुमुर्स सुन्तली, निशान भट्राई, मिस्टर डि लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here