
जनकपुरधाम,जनकपुरस्थित बलराम ज्वेर्लसका सञ्चालक बलराम साह सहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरी पक्राउ गरेपछि यहाँ तनाव उत्पन्न भएको छ ।साहको साथै अरुण ज्वेलर्सका सञ्चालक र मिर्चैयाका व्यवसायीहरु गरि पाँचजनालाई प्रहरीले पक्राउ गरेर पथलैया लगेको बताइएको छ । एता व्यवसायीहरु जनकपुरधामको जानकी मन्दिर छेउको सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन् ।कारखानाबाट गहना बनाएर पसल लैजादै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरु विरोधमा उत्रेका छन् ।सानो प्रक्रियालाई अपराधीलाई समात्ने शैलीमा व्यवासायीलाई पक्रेर पथलैया प¥याइएको आक्रोसमा उनीहरु आन्दोलित भएका हुन् । आठदेखि नौ तोला गहना बनाइसकेको सुनका गहनासहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अरुण ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।


















