सिम्रौनगढ, बाराको सिम्रौनगढ नगरपालिकाले पनि १८ शैयाको आईशोलेसन सेन्टर तयार पारि सन्चालनमा ल्याएको छ । नगर प्रमुख बिजयशंकर यादवको सकृयतामा तयार पारिएको आइशोलेसन सेन्टरमा संक्रमितको उपचारका लागि अक्सिजनको सुविधा पनि उपलब्ध छ । उक्त आइशोलेसन सेन्टरमा निशुल्क परीक्षणका साथै निशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्र साहले जानकारी दिनुभयो ।