रौतहट,सर्लाहीको कौडेनामा सोमवार राति सडक दुर्घटना हुँदा रौतहटका दुई जनाको ज्यान गएको छ ।सर्लाहीको कौडेना गाउँपालिका वडा नम्वर ३ मा सोमवार राति साढे ८ बजे मलंगवाबाट कौडेनातर्फ आईरहेको एचआर ५९ ए ०१३१ नम्वरको भारतीय नम्वरको स्कारपिओ र बिआर ०६ सीवाई ५०८६ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका घर भएका दुई जना युवकको ज्यान गएको हो ।

मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा नम्वर ६ का २३ वर्षीय सियानन्दन महतो र सोही ठाँउका १९ वर्षीय अजय महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।स्कारपिओको ठक्करबाट गम्भीर घाइते भएका दुवै युवकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।स्कारपिओ नियन्त्रणमा लिएको र चालक फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक पंजियारले बताएका छन ।

Leave a Reply