राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्तिको रकम वितरण गरिएको छ ।पोखरिया नगरपालिकाको सभाह मा भएको उपमेयर छात्रवृत्ति वितरण कार्यक्रममा १८ जना छात्रछात्राहरुलाई उच्च शिक्षाको लागि रकम वितरण गरिएको हो । छात्रछात्रहरु उच्च शिक्षा हासिल गर्नबाट वन्चित नहुने भन्ने उद्देश्यले नगरपालिकाले उपमेयर छात्रवृत्ति कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमअन्तर्गत उत्कृष्ट ईन्जिनियर, १० कक्षा र पल्सटु गरेका छात्रछात्रा उत्कृष्ट १८ जना छात्रछात्राहरुलाई उपमेयर छात्रवृत्ति वितरण गरिएको उपमेयर रुबी ठाकुरले जानकारी दिनुभयो ।
पालिकामा रहेका माध्यमिक विद्यालयहरुबाट अध्ययन गरेको विद्यार्थीहरु उच्च शिक्षा लिनबाट बन्चित नहुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको उपमेयर ठाकुरले बताउनुभयो ।पोखरिया नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन ।नगर प्रमुख प्रधुमनप्रसाद चौहानले छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै आगामी दिनमा उच्च शिक्षा लिनबाट पालिकाका कुनै पनि छात्रछात्रहरुलाई बन्चित हुननदिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षबाट शिक्षा क्षेत्रको विकासको लागि थप विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । उपमेयर रुबी ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख प्रसाशकीय अधिकृत कौशलेन्द्र मिश्रा, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षक दिपक ठाकुर, मन्दिप महतो, शिक्षा समितिका सदस्यलगायतको सहभागिता रहेको थियोे ।

















