निजगढ,पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिको लागि बिहीवार निजगढमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रस्तावित पूर्वपश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको १३० किमी सडक स्तरोन्नति आयोजनाको परिचय र वातावरणीय प्रभाव मुल्याङ्कन प्रभावको सारंंससमेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बोल्दै निजगढ नगर प्रमुख सुरथ पुरीले सो सडक गेमचेन्जर योजना भएको बताउनुभयो । एशियाली मापदण्डको सडक निर्माण पुरा भएपछि देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने बताउदै उहाँले सडक निर्माणको लागि निजगढमा नाला व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्नेमा आयोजनाको ध्यानाकर्षण गराउनुभएको थियो ।कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु र सर्वसाधारण सरोकारवालाहरुको सहभागिता रहेको थियो ।संघीय सरकारले विश्व बैङ्क र एशियाली विकास बैङ्कको सहयोगमा पूर्वको कमलादेखि पथलैयासम्मको १३० किमी क्षेत्रको सडक हालको २ लेनबाट ५० मिटर चौडा ४ लेनमा स्तरोन्नति गर्न लागेको हो ।आयोजना कार्यान्वयनको क्रममा सडक क्षेत्रभित्र पर्ने निजगढमा एकएक वटा निजी घर, पेट्रोल पम्प र सार्वजनिक शौचालय, मन्दिर तथा ६ वटा सार्वजनिक प्रतिक्षालय, २ वटा बरपिपल चौतारा, इलाका प्रहरी कार्यालय निजगढको पर्खाल भत्काइने सो अवसरमा सडक विभागकी इन्जिनियर रमा श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

Leave a Reply