वीरगञ्ज, ४ असोज ।
सशस्त्र प्रहरी पर्साले ईन्ट्री र भंसार विना नै वीरगन्जमा चलाईरहेको भारतीय नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल, १३ गण पर्साले करिब ३५ लाख मुल्य बराबरको स्कार्पियो नियन्त्रणमा लिई कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष कुमार बस्नेतले बताउनुभयो । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार रोडमा विओपी वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको मोबाईल टोलीलाई बिआर ३० एई ९१८९ नम्बरको स्कोर्पियो गाडीको चालक गाडी छाडि फरार भएको थियो ।

शंका लागेर गाडी नियन्त्रणमा लिई अनुसन्धान गर्दा २०७९ असार ३२ गते एकदिनको मात्र गौर भंसार रौतहटबाट राजश्व तिरी प्रज्ञापन पत्र बनाई नेपालमा प्रवेश गरी साउन १ गतेदेखि हाल सम्म ६५ दिन सम्म अवैध रुपमा नेपालमा चलाएको पाईएपछि थप कारवाहीको लागि गाडीलाई नियन्त्रणमा लिएको हो । ३५ लाख मुल्यांकन राखी गाडीलाई आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाईएको प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

Leave a Reply