रौतहट,रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन् ।
ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहरा गाउँबाट बिहीवार सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँछेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँलाई चोटपटक लागेको हो ।
सरस्वतीको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा नदीतर्फ गइरहेकाहरूमाथि मोतिपुरका केही स्थानीयले एक्कासी ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलोसमेत फालिएको प्रत्यक्षदर्शीले बताएका छन् ।घटनाको खबर पाएलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुग्नुभएको थियो । एसपी श्रेष्ठसहितको टोलीले घटनाको छानबिनसँगै अवस्था सामान्य पार्न पहल गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ ।

















