वीरगञ्ज,पर्सामा एक बालिकाले चलाएको मोटरसाइकलबाट लडेर भारतीय महिलाको मृत्यु भएको ।जिल्लाको विन्दवासिनी गाउँपालिका– ५ प्रसौनीस्थित सडकमा १६ वर्षीय बालिकाले चलाएको भारतीय नम्बरको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षीय सुदामा देवीको मृत्यु भएको हो ।मोटरसाइकल चालक १६ वर्षीय बालिका पनि भारतीय नै रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो ।केसीका अनुसार आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साको प्रसौनी गाउँका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो । चलिरहेको मोटरसाइकलबाट लडेर घाइते भएकी सुदामा देवीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र मृतक सुदामा देवीको शव पोस्टमार्टमका लागि सोमवार वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिनुभयो ।

 

Leave a Reply