पूर्वघोषित कार्यक्र अनुसार नै संघीय राजधानी काठमाडौंका केही स्थानमा शनिबार बिहानै डोजर चले र सुकुम्बासी बस्तीका संरचना हटाइए तर अनुमान गरेविपरित त्यहाँ कुनै भीडन्त र अवरोध भएन बरु शान्तिपूर्ण रुपमा नै घरहरु खाली भएका थिए ।

वषौंदेखि अवैद्य रुपमा बसिरहेकाहरु त्यो ठाउँ छाड्न तयार भए र यसका लागि सरकार र मुख्यतः प्रधानमन्त्री बालेन साहको केही प्रतिबद्धताले काम गरेको पनि देखिन्छ । शुक्रबार बेलुकासम्म के हो के हो भन्ने अवस्थामा रहेका सुकुम्बासीहरुलाई बालेनले संबोधन गरेपछि शनिबार बिहानको माहौल अर्को भयो र सुकुमवासीहरु सरकारको आदेशलाई सरासर मान्न तयार भए ।
विगत कयौं वर्षदेखि समाधान हुन नसकेको एउटा समस्यामा बालेन सरकारले हात हालेको छ । वास्तवमा यो समस्या काठमाडौंमा मात्र छैन । यो धेरै स्थानमा छ र सरकारले आफ्नो जग्गा खोजेर सुकुम्बासीको नाउमा कब्जा भएको अवस्थालाई फिर्ता ल्याउन अति आवश्यक छ । यस्तो स्थानमा सरकारले गर्न के सक्छ अब त्यत्ता ध्यान दिनु पर्दछ । सुकुम्बासीको नउमा रजाइँ गर्नेहरुलाई कारबाही गर्नुपर्दछ ।

वास्तविक सुुुुकुुम्बासीहरुको भने पहिचान गर्न आवश्यक छ र सरकारले यो काम शनिबारबाट नै शुरु गरेको छ । घरवार नभएकाहरुका लागि सरकारले बस्ने वातावरण बनाइ दिनुपर्दछ । उनीहरुको उचित व्यवस्थान गर्नु पर्दछ । कोही घरवार विहिन नहून् भनेर सरकार यो विषयमा सचेत पनि देखिएको छ । घर भत्काएपछि सरकारले बेवारिसे बनाएको देखिएको छैन । वास्तविकले बस्ने ठाउँ पाऊन अनि सुकुम्बासीको नाउमा रजगज गर्नेहरुलाई कारबाही होस् ।

Leave a Reply