वीरगञ्ज,पर्सा प्रहरीले यात्रुहरूसँग बढी भाडा असुल गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।लामो दूरीका यात्रामा चल्ने सवारी साधनहरूले यात्रुहरूसँग अनुचित रूपमा बढी भाडा असुल्दै आएको जनगुनासोपछि प्रहरीले ‘सर्च’ अभियान चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार यात्रुहरूबाट बढी भाडा असुलिएको गुनासो बढेपछि प्रहरीले वीरगञ्ज बसपार्क क्षेत्रको निगरानी गर्दै खोजी अभियान चलाएको थियो । उक्त अभियानको क्रममा तीन जना पक्राउ परेका हुन् ।पक्राउ परेकाहरूको नाम अहिलेसम्म गोप्य राखिएको प्रहरीले जनाएको छ, र उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।




















