कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित पावर हाउस क्षेत्रबाट प्रहरीले चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।प्रहरीकाअनुसार उपेन्द्र जयसवालको घरमा चोरी गर्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका राहुल सर्राफलाई पक्राउ गरिएको हो । सरार्फलाई जयसवालको घरबाट चोरी एक थान एल.इ.डी टिभी, कपडामा लगाउने आइरन, एकटा पिलास, दराजको ह्याण्डिल, एउटा फुटेको ताल्चा र ताल्चाको चाबी जस्तो देखिने वस्तु पनि बरामद गरेको प्रहरीले बताएको छ ।प्रहरीले सरार्फमाथि चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको जानकारी दिखएको छ ।

















