बारा जिल्ला धेरै हिसावले बदनाम छ । यो या त्यो कारणले बारा जिल्लालाई  बदनाम  गर्ने गरिन्छ र बारा आफैमा बदनाम भएको जिल्ला होइन । बारा त धेरै हिसावले सुन्दर छ । वास्तवमा बारा जिल्ला जस्तो जिल्ला पाउनु जिल्लावासीका लागि पनि गर्वको कुरा हो । बाराको समग्र बिकासका लागि जिल्लामा एकीकृत योजनाको आवश्यकता पर्दछ तर त्यो पनि बनेको देखिदैन । बारा तस्करी लगायतका कारणले बढी बदनाम गर्ने गरिन्छ ।

 

 

 

 

 

 

मुल कुरा भनेको पछिल्लो समय बारामा अतिक्रमणमा परेका सरकारी जग्गाहरु फिर्ता ल्याइएको छ । अतिक्रमित जग्गा फिर्ता गराउने प्रहरी र प्रशासनको अभियान सफल भएको छ । अझ भनौ बारामा भूमाफियाहरुले खेलेको बिगतको खतरनाक खेललाई बिफल बनाउन सरकार सफल भएको छ । वास्तवमा सरकारी जग्गाको संरक्षण गर्ने दायित्व भनेको सबैको हो ।

 

 

 

आम नागरिकहरुको पनि हो तर यहाँ त आम नागरिकहरुलाई घुम्राहामा पारेर सार्वजनिक जग्गा अतिक्रमणको खेल शुरु भएको पाइन्छ । ठूला भनिएका ब्यक्तिहरुको समेत यसमा संलग्नता छ । यसरी ठूला ब्यक्तिहरु आफै सार्वजनिक जग्गा अतिक्रमण गर्नतिर लाग्ने हो भने यस्ता सम्पदाहरुको संरक्षण कसले गर्ने त ? सार्वजनिक जग्गा फिर्ताको सवालमा सरकारले लिएको नीति सराहनीय छ ।

Leave a Reply