निजगढ,निजगढस्थितपूर्व पश्चिम राजमार्गमा यात्रु वहाक बस र पिकअप गाडी ठोक्किदा मंगलवार बिहान३ जना घाइते भएका छन ।घाइते हुनेमा बस चालक चितवन रत्ननगर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४९ को यज्ञबहादुर श्रेष्ठ, पिकअप चालक उदयपुर बेल्का नगरपालिका १ बस्ने वर्ष ३५ को युवराज नेपाली र पिकअपको सहचालक सोही ठाउँ बस्ने वर्ष ३६ को जीवन रहेका छन । पिकअप चालक नेपालीको नाक तथा टाउकोमा चोट लागेको अवस्था मध्यम रहेकोले थप उपचारको लागि चितवन पठएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

त्यसैगरी बस चालक श्रेष्ठको दुबै खुट्टामा र पिकअपको सहचालक बि.क.को छातीमा चोट लागेको र दुबै जनाको अवस्था मध्यम रहेको निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।चपुरबाट पथलैयातर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००२ च ५७७६ नम्बरको तरकारी बोक्ने पिकअप गाडी साईडमा रोकी राखेकोमा अवस्थामा सोही दिशाबाट काठमण्डौतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख ५१७५ नम्बरको नाईट बसले अगाडिबाट मंगलवार बिहान ३ः ४० बजेनिजगढ८ स्थित रुद्रक्षा होटलअगाडि ठक्कर दिएको थियो । प्रहरीले बस र पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply