फागुन २, निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ लच्कास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा अक्षराम्भ कार्यक्रमसहित सरस्वती पूजा सम्पन्न भएको छ ।सरस्वती पूजाको अवसरमा बुधवार विद्यालयमा बालबालिकालाई अक्षराम्भसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको हो । सोे अवसर पारेर विद्यालयले नयाँ विद्यार्थीहरुको लागि भर्नासंगै अक्षराम्भ कार्यक्रमको पनि आयोजना गरको थियो ।कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेको गीत, नृत्य, नाटक लगायतका कार्यक्रम हेरेर उपस्थित अभिभावकहरु खुसी भएका थिए ।सरस्वती पूजाकै अवसरमा विद्यालयमा पुग्नुभएकी निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङले विद्यालयले पछिल्लो समय शैक्षिक सुधार गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्यार्थीको कला प्रस्तुतीबाट आफु प्रभावित भएको उपप्रमुख थिङको भनाई छ ।

विद्यालयको सुधारबारे आफुले सुन्दै आएको भन्दै उपप्रमुख थिङले नगरपालिका तथा वडा कार्यालय आधारभूत तहका विद्यालयहरुमध्ये सत्यश्वर शिवशक्ति आविलाई नमूना विद्यालय बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । साथै विद्यालयको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।विविध सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रस्तुती दिने विद्यार्थीहरु तथा शिक्षकलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो । कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक स्वर्णकारले आफुहरु गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको भन्दै कक्षा नर्सरी देखि ८ सम्म अंग्रेजी माध्यममा पठनपाठनका लागि आफ्ना नानीबाबुलाई भर्ना गर्न आग्रह गर्नुभयो ।
सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रममा यस क्षेत्रका विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply