पुष्पराज खतिवडा

मनहर्वा,बारा जिल्लामा आइतबार एकैदिन दिन एउटै खोलाका दुई स्थानमा पक्की पुलको शिलान्यास गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को जैतापुर–रघुनाथपुर जोड्ने र कलैया उपमहानगरपालिका वडा नम्बर १६ खमवा– करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवन जोड्ने दुई वटा पुलको शिलान्यास भएको हो ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्ववन तथा वातावरणमन्त्री रामसहाय यादवले एकै दिन दुई वटा पुलको शिलान्यास गर्नुभएको हो ।

पसाह खोलामा पक्की पुल बन्ने भएपछि स्थानीय खुःशी भएका छन् ।

दुई पुलको डिपिआर गरी साईड क्लियर गर्ने काम समेत सम्पन्न भएर ठेक्का आह्वान भएको छ । बारा क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबु प्रसाद यादवका अनुसार नेपाल सरकारले डिपिआर तयार भएका दुबै पुल २ वर्षभित्रै सम्पन्न हुने गरी कार्य अगाडि बढाएको हो ।

यादवले सिमरा–कोल्हवी (रजैया) सडकखण्ड अन्तर्गत जैतापुर–रघुनाथपुर पुल ४० करोडको लागत १६५ मिटरको हुने बताउनुभयो । यस्तै खम्वा–मधुवन अन्तर्गत बन्ने १०५ मिटर पुलको लागत २६ करोड स्टमेट भएको उहाँले बताउनु भयो । कटान नियन्त्रणका लागि पुलको दुईसाईडबाट २० मिटर लामो स्पर ड्याम समेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

 

पुल नहुँदा एउटै वडाका बासिन्दालाई वडा कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको थियो । वर्षामा बाढी डुवान र हिलो अनि सुख्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नु पर्ने बाध्यता रहेको वडा नम्बर १७ अध्यक्ष भिम लामाले बताउनुभयो ।

सिमराबाट रामनगर हुँदै रौतहट जोड्ने सडक भएकाले यो अति नै व्यस्त सडकखण्ड पनि हो । पुल नहुँदा जोखिमपूर्ण लामो र जंगलको यात्रा तय गर्दै सेवा लिन जानु पर्ने अवस्थाको अन्त्य हुने कुराले स्थानीय जनतामा खुःशी छाएको वडा अध्यक्ष लामाले बताउनुभयो ।

Leave a Reply