राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुरस्थित पनघटवा पोखरीमा अक्सिजनको अभावले किसानले पालेका माछा बुधवार मरेका छन ।करिब ३ बिगहा क्षेत्रफलमा रहेको पोखरीका सबै माछा मरेपछि माछापालक किसान अशोक यादवले लाखौंको क्षति पुगेको बताउनुभएको छ ।
पोखरीको पानीमा एक्सिजनको कमी हुनाले माछा मरेको हुनसक्ने अनुमान गरिएको छ । पोखरीको पानीमा एक्सिजनको कमी भएकोले माछा मरेको सनसारीमाई एकीकृत कृषि फर्मका संचालक अशोक यादवले जनाउनुभएको छ । दिउँसोको समयमा पोखरीमा माछा मरेको खबर सुनेर पोखरीको डिलमा पुग्दा साना ठुला गरि लाखौ मूल्य बराबरको माछा पानीमा तैरिएको अवस्थामा फेला परेको कृषि फर्मका संचालक यादवले बताउनुभयो । पोखरीमा अब एउटा पनि माछा जिउदो नरहेको उहाँको भनाई छ । पोखरीका सबै माछा मरेर पानीमाथि तैरिएको उहाँले बताउनुभयो ।
पोखरीमा माछा मरेको खबर गरेपछि ईलाका प्रहरी कार्यालय लंगडी र गाउँपालिकाको भेटनरी प्राविधिकलाई जानकारी दिएको र प्रहरी, भेटनरी प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए । कृषि फर्मका संचालक यादवले सो पोखरी ३४ लाख १० हजारमा पाँच वर्षको लागि ठेक्कामा लिएर २०७८ सालदेखि माछापालन गर्दैआउनुभएको थियो ।



















