सखुवापर्सौनी,पर्साको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरले कोराना भाइरसबाट जोगिन जनचेतनामूलक सन्देशसहित गाउँमा माइकिङ्ग गर्नुका साथै सर्वसाधारणलाई माक्स र सेनिटाराइजर वितरण गरेको छ ।

सशस्त्र प्रहरी भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १, २, ३ र जगरनाथपुर गाउँपालिका वडा २ र ४ मा माक्स र सेनिटाराइजर वितरण गरेको हो ।

सशस्त्र प्रहरी टोलीले कोराना विरुद्धको खोप नलिएका र छुटेका व्यक्तिहरु खोप लिनको लागि सूचना प्रवाह गर्ने उद्देश्यले माइकिङ्ग गरेको हो । सो अवसरमा प्रहरीले दुबै गाउँपालिकामा वडाहरुमा करिव २५०० माक्स र ५ लिटर सेनिटाइजर वितरण गरेको शस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here