मल भनेको कृषिका लागि नभइ नहुने चीज हो । मल नभइ अब उत्पादन हुन नसक्ने अवस्था सृजना भइसकेको छ । मल र कृषि अनाज एक अर्काका अभिन्न अंग जस्तो बनेको छ । पहिला मल नभएपनि उत्पादन हुने बस्तुहरु आजकल भने रासायनिक मल बिना उत्पादन हुनै नसक्ने अवस्थामा पुगेका छन् । खाद्यबस्तुहरुको उत्पादनका लागि मल अति आवश्यक छ ।
तर, जब मल आवश्यक हुन्छ तब मल नपाएर कृषकहरुलाई समस्या सृजना हुने गर्दछ । यो यस वर्षमात्र हैन नेपाली किसानहरुले हरेक वर्षा बेहोर्दै आएको समस्या हो । वर्षायाममा मात्रै हैन यो समस्या हिउँदमा उस्तै छ । नेपालका किसानहरुलाई जहिले पनि मलकै पिरलो हुने गरेको छ । मलको सहज आपूर्तिका लागि सरकारले जसरी भूमिका हुनुपर्ने हो त्यो हिसाबले काम गर्न सकेको छैन ।
अहिले भएका तीन वटै तहका सरकारले समेत मलको सहज व्यवस्थापनका लागि पहल गर्न सकेको छैन । मलको आपूर्तिका लागि स्थानीय सरकारहरुले राजनीति गर्ने गरेको पाइन्छ । यसरी राजनीति गर्नुभन्दा पनि मलको आपूर्तिका लागि नीति बनाउन आवश्यक देखिन्छ ।