कलैया,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्‍यक्ष महन्थ ठाकुर बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रतक्ष्यतर्फको उम्‍मेदवारमा सिफारिस हुनुभएको छ ।

सोमबार बसेको क्षेत्रीय समितिको बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो । जिल्ला कमिटी सदस्य रमेश सर्राफले बारा क्षेत्र नम्बर ४ मा पार्टीको संगठन बलियो रहेकाले अध्यक्ष ठाकुरलाई लड्न आग्रह गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । मियाँ ०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । २२ हजार २७५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा मियाँ निर्वाचित हुँदा नेपाल कम्युनिष्ट पार्टी एमालेका देवनारायण थारु २० हजार ६०७ मत ल्याएर दोस्रो हुनुभएको थियो ।

Leave a Reply