रौतहट,नेकपा (एमाले) रौतहटको अध्यक्षमा सचिदान्द साह निर्वाचित हुनुभएको छ ।एमाले रौतहटको दशौं जिल्ला अधिवेशनबाट साह १ सय ९३ मत ल्याएर अध्यक्ष पदमा बिजयी हुनुभएको हो । अध्यक्ष पदमा अर्का उम्मेद्वार अखिलेश्वर चौधरीले १ सय ७४ मत पाउनुभएको थियो ।

उपाध्यक्ष पदमा रुपेशकुमार पटेल १ सय ३६ मतका साथ बिजयी हुनुभएको छ भने अन्य उम्मेदवार उपेन्द्र राय यादवले ३१, सुरेशकुमार राय यादव ८९, मणिलाल सहनी ४४, चन्दनकुमार कुश्वाह ३७ र राम आशिष साहले १२ मत पाएका छन ।
यस्तै जिल्ला सचिव पदमा बाबुराम दाहाल २ सय २ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शिवप्रसाद आचार्य ले १ सय ४७ मत पाउनुभयो । उपसचिवमा अवधेशकुमार यादव १ सय २९ मत ल्याइ बिजयी बन्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २५ गते उद्घाटन गरेको १०औं जिल्ला अधिबेशनमा नेतृत्व चयनमा सहमती नजुटेपछि सोमवार भएको मतदानको मत परिणाम मंगलवार राति सार्वजनिक गरिएको थियो ।


















