कलैया,भारतको मोतिहारीस्थित एक बालगृहमा रहेका बाराको कलैया र पचरौता नरपालिकाका २ जनासहित ३ जना बालबालिकाको उद्धारपछि नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ ।राष्ट्रिय बाल अधिकार परिषद, जिल्ला प्रहरी कार्यालय बारा र संरक्षण नेपालको समन्वयमा संचालित बाल हेल्पलाईन सेवा १०९८ नेपालको सहकार्यमा बालकहरु बाराका कलैया उपमहानगरपालिका वडा नम्बर १ र पचरौता नगरपालिकाका १-१ जना तथा महोत्तरीको जलेश्वर नगरपालिकाका १ जना गरी ३ जना बालकहरुलाई घरमा पु¥याएर सोमवार अभिभावकहरुको जिम्मा लगाइएको हो ।उद्धार गरिएका बालबालिकाहरु १३ देखि १७ वर्ष उमेरको रहेको बाल हेल्पलाईन १०९८ का कार्यक्रम संयोजक मुकेशकुमार कुशवाहाले जानकारी दिनुभयो ।बिहारको विभिन्न उद्योग, होटललगायतका स्थानमा बालश्रममा प्रयोग गरिएको अवस्थामा भारतीय प्रहरीले उनीहरुलाई उद्धार गरेर बालगृहमा राखेको थियो । बालकहरुको घरको आर्थिक अवस्था कमजोर रहेकोले उनीहरुलाई श्रमको लागि भारत पु¥याइएको हो ।बालबालिकाकहरुलाई जिल्ला प्रहरी कार्यालयकी बिमलाकुमारी कठायत, संरक्षण नेपालका बृजमोहन कुशवाहा, बाल हेल्पलाइन सेवा १०९८ का बृजमोहन कुशवाहा र कृष्णप्रसाद यादव लगायतका रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो ।