सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १२ मा निर्मित्ति अबैध घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।उपमहानगरपालिकाले माघ २८ गते जारी गरेको सूचनामा कित्ता नम्बर १७ को जग्गामा वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रमा निर्माण गरिएका अबैध घर टहरा हटाउन भनिएको छ ।उपमहानगरपालिकाले ३५ दिनभित्र घर टहरा नहटाए नियमानुसार हुने व्यहोरा समेत सूचनामार्फत जानकारी गराएको छ ।




















