कलैया, बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here