सिकिन्द्र साह
सिम्रौनगढ,आम जनता पार्टी (आजपा) ले मधेस प्रदेश कमिटी पुनर्गठन गरेको छ । बाराका उमेश कुशवाहाको अध्यक्षतामा आजपाले १ सय ८५ सदस्यीय मधेस प्रदेश कमिटी गठन गरेको हो ।आजपा मधेस प्रदेशका अध्यक्ष कुशवाहाका अनुसार कमिटीको इन्चार्जमा सुधिर यादव, सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह सचिव ममता शर्मा, सहसचिव कामेश्वर साह र कोषाध्यक्षमा रामाकान्त भेडियार रहेका छन् ।कमिटीको सदस्यहरुमा रामशरण यादव, वसन्त यादव, दीपलाल यादव, सुनिता महतो, अजय पटेल, लालबाबु जयसवाल, आशा महमद, अम्बिका साह, सन्तलाल यादव, पिंकी पासवान, राजकुमार सहनी, फेकु ठाकुर, ससिकान्त चौधरी, अशोक पटेल, धनपत साह लगायतका रहेका छन् ।


















