बीरगञ्ज १४ भदौ ।
जबरजस्ती करणी मुद्दामा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ चौधरी टोलका २४ बर्षिय राजु चौधरी यतिखेर पर्सा प्रहरीको हिरासतमा जाकिएका छन् ।
चौधरीले आफ्नै नाता पर्ने पर्साको पर्सागढी नगरपालिका ३ की युवतीलाई ललाई फकाई प्रेमको पासोमा फसाई पटक—पटक जबरजस्ती करणी गरेको पिडिताले आफ्नो जाहेरी दरखास्तमा उल्लेख गरेकी छिन् । उसले बिभिन्न मेला जात्रा तथा चाड पर्वमा समेत मैले नचहदा नचाहदै पनि उ कुनै न कुनै बहाना बनाई भेटन आउने गरेको थियो ।
भेटको क्रममा चौधरीले माया गर्ने जस्तो गरी मलाई विवाहको प्रलोभन दिई शाररीक सम्बन्ध बनाएको थियो । मैले उसको अश्लिल हर्कतको प्रतिरोध गर्दा गर्दै पनि केहि नचलेर आफु असहाय भएको थिए ।
पिडिताले आफ्नो जाहेरी दरखास्तमा माथि उल्लेखीत घटनाहरुको साथै अगाडी थप्दै एक दिन जितपुर उसको घरमा गई हेर्दा पहिला नै उसको विवाह भई सकेको र उनीहरुको दाम्पत्य जीवनबाट दुईटा छोरा छोरी जन्मीएको देखेर चौधरीलाई त्यसै बखत तथानाम गाली गरी आफ्नो घरमा आई सम्पूर्ण कुराहरु आफ्नो आमालाई बताए पछि उनी आँखाबाट आसु झर्दै मलाई सम्झाउर्दै न्यायको ढोका घचघचायी त्यसलाई अदालतको कटघरामा उभ्याई छाडी बताउनु भएकोले मैले त्यसको विरुद्धमा े यथार्त विवरण सहित उजुरी दिन बाध्य भएको उनी आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन ।
चौधरी थुनामा परे पछि उसका आफन्तहरु पिडिताको घरमै आएर विभिन्न खालको धम्की तथा पैसाको समेतको प्रलोभन दिने गरेको पिडिताको आमाले यस दैनिकलाई प्रहरी परिषरमा बताएकी हुन् ।
यस्तै खाले सर्वनाक घटना बडनिहार बजारको कृष्णा अष्ठमीको समयमा लागेको मेला जात्रामा अश्लिल दुरब्यवहार त्यस भेगका एक दबंगले एउटा छात्रा माथि गरेको छ । उक्त हरकत गर्ने महम्द जकुरर्लाह मियाँ हुन । यतिकैमा उनको परिचय अधुरो हुन जान्छ । मियाँ नेपाल रेडक्रस शाखा बिरुवागुठी —सबैयाका उपसभापति हुन । अन्तरराष्ट्रिय रुपमा समाज सेवा तथा मानव हितको लागि संसार भरी आफ्नो नामको झण्डा फहरयाउन सफल रेडक्रस जकुरलाह जस्तो ब्यक्तिको हर्कतले उक्त झण्डमा टाटै टाट परेको यतिखेर टिप्पणी हुने गरेको छ ।
जकुरलाहलाई कारवाहीको लागि इलाका प्रहरी कार्यालय बडनिहारले आफ्नो माथिलो निकाय एकटांगा प्रहरीमा पठाई दिदा त्यहाँका बरिष्ठ नायब उपरिक्षक कुल बहादुर कुंवरले आफ्नो कर्तव्य तथा दायित्वको परवाह नगरी ज.क. जस्तो घृनित घटनालाई ढाक छोप गर्न निकै कसरत गरेको एकटांगाका गाउँलेहरु बताएका हुन् ।
पिडक पक्षलाई नै हौस्याउने खालको कसरत गरी ज.क जस्तो घटनालाई कानुन विपरित मिलापत्र गराउन गति छाडेको टिप्पणी उनी प्रति त्यहाँ सुनिन्छ । एकटांगा प्रहरी परिषर भित्रै पञ्चायतीबाट पिडित युवती माथि दबाब बनाई उक्त घटनालार्ई दबाउन कुँवर सफल भएका छन् ।
पर्सागढी नगरपालिका वडा नं. ४ पशुरामपुर टोलका जकुरलाहका भिजिलांन्तेहरु सई कुवरका हरकतबाट यतिखेर हौसिएका छन् । जकुरलाह त्यस भेगमा स्कुले छात्राहरु लाई मात्र होइन की मेला पात भर्न आउने महिला तथा युवतीहरु माथि सधै भरी अश्लिल हरकत गर्ने निच स्वभावका पटके ब्यक्ति भएको सबैटारीका महिलाहरु गुनासो गर्छन ।



















