कृष्ण मोहन साह
सेढवा – सृजनशिल शिक्षा विकास केन्द्र प्रा.ली. सखुवा प्रसौनी गाउँपालिकाकाे वडा २ पचगावाँको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ सुगौली माध्यमिक विधालयमा गाउँपालिका स्तरीय सिपमुल हाउस वायरिङ्ग समबन्धी दुई महिने तालीमको बिहिबार दोस्रो पटक पटेर्वा सुगौली गाउँपालिकाबाट अनुगमन भएको छ ।
अनुगमनमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, शिक्षा र प्रशासन फाटको प्रमुख शम्भु साह, वडा नम्बर ४ का वडा अध्यक्ष राजेश्वर महतो, स्थानीय पत्रकार प्रमोद यादव, स्थानीय शिक्षक शुभाष दास थारु लगाएतले तालिमको अनुगमन गरेका थिए । सीप सिकौ र रोजगार बनौ, समयलाइ खेर न फालौ समयको सदुपयोग गरौ ,आर्थिक समस्या अन्त गर्नको लागि गरिव,विपन्नको लागि एउटा ठूलो अवसर भएको अनुगमन कर्ताहरुले मतव्य व्यकत गरेका थिए ।
सहभागीहरुले फागुन २३ गते देखि संचालन तालिमाको हालको अवधि सम घरमा बारिङ्ग गर्ने र बिजुली बतीको बोड सुईच सहज रूपमा फिटिङ्ग गर्ने सकने भएको र अझै धेरै कुरा सकने भएको र सहभागी अनुशासित रहेको भेटिएको छ, तालीममा गाउँ पालिकाको विभिन्न वडा गरि २५ जनाको सहभागिता रहेको थियो। उक्त तालीम करोना भाईरसको लक्ष्ण र बचने उपाय बारे पटेर्वा सुगौली गाउँ पालिको स्वास्थ संयोजक जगन्नाथ साहले जानकारी गराउनुभएको थियो ।