दुष्यन्त चौधरी
कलैया,बाराको प्रसौनीमा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद गिरीले अवकाश प्राप्त गर्नुभएको छ । गिरीले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएका प्रधानाध्यापक गिरीको एक कार्यक्रमबीच शुक्रवार बिदाई गरिएको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक मनोजकुमार साहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गिता साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी लगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रधानाध्यापक गिरी विद्यालयमा २०६१ बैशाख ९ गतेदेखि २०७८ फागुन ४ गतेसम्म कार्यरत रहनुु भएको थियो । गिरीको कार्यकालमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा उल्लेख्य प्रगति भएको अभिभावकहरुले बताएका छन ।
राष्ट्रिय किताबखानाका अनुसार २०७९ असार मसान्तसम्म बाराका २८ जना शिक्षकहरुले उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएका छन ।