नरेश गुप्ता

बरियारपुर,बारामा धारिलो हतियार प्रयोग गरि एकजना पुरुषको हत्या भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर निवासी अहमद मिया चुरिहारको शव शुक्रवार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

रामपुरमा रहेको भि आई पि ईट्टा भट्टा छेउमा चुहारको शव रक्ताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ । घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सुरेन्द्र यादव र अपराध शाखाका प्रहरी निरीक्षक रुद्र कडेलको टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख दिलिप सिहं देउवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here