नेपाली जनजिब्रोमा हात्ती आयो, हात्ती आयो पुस्सा ! भन्ने युक्ति निकै लोकप्रिय छ । यसलाई धेरैले प्रचलनमा ल्याउने गरेको पनि पाइन्छ । नेपालको राजनीतिक सहित समसाहिक कुरामा पनि यो युक्ति मिल्ने भएकाले यो उखानको बढी प्रिय भएको पनि हुनसक्छ ।पछिल्लो समय यो उखान सरकारलाई मिल्न जान्छ । वर्तमान सरकारले भ्रष्टचार बिरुद्ध अभियान संचालन गरेको बताइरहेको छ । यो बीचमा उसले केही काण्डको भण्डाफो। पनि गरेको बतायो ।
तर, केही अभियानहरु सरकारको हात्ती आयो पुस्सा ! भनेको जस्तै भयो । शरणार्थी प्रकरण अनि भाटभटिनीका संचालक माथिको आक्रमणलाई धेरैले सरकारको भ्रष्टचार बिरुद्धको राम्रो कदमको रुपमा लिएका थिए । भ्रष्टहरुलाई कारबाही होला नै भन्ने पनि लागेको थियो तर कालान्तरमा त्यसो भएन बरु उनीहरुलाई थोरै बिगो देखाएर छाड्ने काम भयो । जनताको आँखामा छारो हाले जस्तो भयो । अझै भन्नुपर्दा भ्रष्टचारीहरुलाई जोगाउने र चोख्याउने नै काम भयो ।
फेरि सरकारले जे भएपनि सिजी कम्पनीबाट आक्रमण गरेको छ । अब यसको अन्त्य पनि विगतको जसरी नै होला भन्ने आशंका पैदा भएको छ । वास्तवमा यसरी आक्रमण गर्दै र संगसंगै चोख्याउदै पनि जाने हो भने भ्रष्टचार बिरुद्धको अभियानको अर्थ छैन नत्र त यिनीहरुलाई कडा कारबाही नै गर्न सक्नुपर्दछ । सरकारको काम हेर्दा कतै यो सरकारले भ्रष्टचारीहरुलाई कारबाही गर्नभन्दा पनि उनीहरुलाई चोख्याउनका लागि पो यस्तो काम गरेको हो कि भन्ने पनि जनतामा पर्न थालेको छ । होइन भने वर्षौदेखि दवाएर राखिएका फाइल खोलेर फेरि किन उनीहरुलाई उन्मुक्ति दिनेतर्फ सरकार लागेको होला भन्ने जनजनमा प्रश्न उठन थालेको छ । यसतर्फ सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।












