बसन्त लामा

सिंगौल,चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारस्थित चाँदी खोलाको अलपत्र पुल निर्माणको लागि सघर्ष समितिले आइतवारबाट रिले अनसन सुरु गरेको छ ।गैडाटार ३ निवासी पूर्ववडा सदस्य गोविन्द तिमल्सिनाको नेतृत्वमा रिले अनसन सुरु गरिएको हो । सो पुल शिवशंकर जेभी, पप्पु कन्टक्सन कम्पनीले २०७३ सालमा निर्माण कार्य सुरु गरेको थियो ।केन्द्रीय सरकारले पुल निर्माण गर्न २३ करोडको २०७३ सालमा टेन्डर आह्वान गरेको थियो । २ वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने सर्तमा शिबशकर जे बि पप्पु कन्टक्सनले ठेक्का लिएको थियो । निर्माण कार्यको करिव ७५ प्रतिशत काम पुरा भैसकेको भएपनि हाल सो पुल अलपत्र अवस्थामा छ ।लामो समयदेखि पुल अलपत्र रहेकोले सघर्ष समितिले दुई बुदेँ माग राखेर रिले अनशन सुरु गरेको हो । अनुशनकारीहरुले ठेक्का रद्द गरि नयाँ ठेक्का लगाउनु पर्ने र सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख र इन्जिनियरको सरुवा हुनुपर्ने माग राखेका छन ।पुल निर्माण नहुँदा गैडाटारवासी र छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाल चादेशिर, मोरङ्गे, चिसोपानीलगायतका स्थानीयले आवतजावतमा समस्या बेहोर्दै आएका छन । वर्ष लागेपछि चादी नदीमा आउने बाढीले उक्त क्षेत्रमा यातायात संचालनमा अवरोध गर्ने र पैदलयात्रुलाई पनि समस्या हुने सघर्ष समितिका अध्यक्षे अध्यक्ष गोविन्द तिमल्सिनाले बताउनुभयो । त्यसैगरी संघर्ष समितिले सोमवार बिहान चद्रपुर नगरपालिका वडा नम्बर ३ का निर्वाचित जनप्रतिनिधिहरुलाई उपथित गराएर प्रतिवद्धता पत्रमा हस्तक्षर गराउने कार्यक्रम रहेको पनि तिमल्सिनाले बताउनुभयो ।

Leave a Reply