नरेश गुप्ता

बरियारपुर – राहतको नाममा  चार बर्ष पुरानो  अयोग्य  दाल बितरण गर्ने कलैयाको २ जना सहित धन लक्ष्मी दाल मिलका संचालक तेजनारायण शार्मा अनुसन्धानको क्रममा  पक्राउ  परेका छन् । नेपाल सरकारले लगाएको लकडाउनको बेला कलैया उपमहानगरपालिकाको वडा न ७ र २२ मा अयोग्य  खाध बस्तु असहाय , गरिबलाई बितरण गरेपछी  स्थानीयहरुले त्यसको बिरोध  गरेको थियो । कलैया  उपमहानगरपालिका ७ स्थित  नगर प्रमुख राजेश रस्य यादवले संचालन गरेको कोल्ड स्टोरमा भणडार गरिएको चार बर्ष पुरानो दाल वडा अध्यक्षहरुले उधारोमा राहत बितरणको लागि लिइएको थियो ।

 

 

राहतको नाममा  अयोग्य  दाल बितरण गरिएको सबैतिर  बिरोध  हुन थालेपछी जिल्ला प्रशासन कार्यालय बाराको टोलिले कोल्ड स्टोरमा भन्डारण गरिएको ३ सय ८० बोरा दालको नमुना संकलन  गरि  खाध तथा गुणस्तर  बिभाग हेटौंडामा चेकजाँचको लागि पठाईएको थियो । खाध तथा गुणस्तर  बिभाग हेटौंडाले बितरण गरिएको दाल अयोग्य  रहेको पुष्टि  भएपछी  अनुसन्धानको क्रममा  कलैयाको  २ जना र धन लक्ष्मी  दाल मिलका संचालक तेजनारायण शार्मालाई पक्राउ  गरिएको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताउनु भयो ।

 

 

 

पक्राउ  परेको ३ जना सग ब्यान लिदै छ , धेरै मानिस पक्राउ  पर्ने प्रहरी  प्रवक्ता  मिश्रले बताए । अनुसन्धानको क्रमश  जो दोषी  देखिएमा   सबैलाई पक्राउ  गर्ने  वहाँले बताए । स्मरणहोस राहतको नाममा  कुहेको दाल , चामल बितरण भएपछी कलैया  उपमहानगरपालिकाको राहत पिडितहरु आक्रोशित भएको थियो । कलैया  उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवले  आफुले संचालन गरेको कोल्ड स्टोरमा  धन लक्ष्मी बिरगंजले भाडामा   लिएर दाल भन्डारण गरेको बताउदै आएको थियो भने उता धन लक्ष्मी दाल मिल बिरगंजको संचालक तेजनारायण शार्माले पनि प्रेस बिज्ञप्ती जारी गर्दै दाल आफ्नो नरहेको दाबी गर्दै आएको थियो ।

 

 

 

लकडाउनको मारमा परेका गरिब , असहाय , बिपन्न घरपरिवारलाई घाउमा मलम लगाउनुको सट्टा जनप्रतिनिधिहरुले कमिसनको चलखेलमा चार बर्ष पुरानो दाल बितरण गर्ने जो कोहिलाई पनि  कानुनी कठघरामा  ल्याउनु पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here