पर्सा संवाददाता

पर्सा जिल्लाको धोबिनी गाउँपालिकाले हाल सम्म पनि गाउँ सभा नगरेकाले नेकपा माओबादीका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय मार्फत संघिय मामिला तथा प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सो ज्ञापन पत्र पर्साका सहायक जिल्ला प्रमुख भिमकान्त पौडेललाई बुझाएका हुन् ।

स्थानीय सरकार संचालन एन २०७४ को दफा ७१ अन्तर्गत उपदफा ६ अनुसार नगर तथा गाउँ सभा असार मसान्त सम्म गरी सक्नु पर्ने व्यबस्था रहे पनि पालिकाले गर्न नसकेका कारण ज्ञापन पत्र बुझाएको नेकपा माओबादी केन्द्र मधेश प्रदेस समितिका सदस्य सलाउदीन अहमदले बताउनु भयो ।

उक्त ज्ञापन पत्रमा तत्काल गाउँ सभा गर्न निर्देशन दिनुपर्ने तथा गत वर्षको कार्यकालमा १० करोड ३१ लाख रकम बेरुजु रहेको जानकारी गराउँदै जनप्रतिनिधिहरुको आन्तरिक भागबण्डा नमिलेकै कारण हालसम्म पनि पालिका सभा नभएको आरोप लगाएका छन् । समयमै गाउँ सभा सम्पन्न गर्न आग्रह गर्दै एक हप्ता भित्र सभा नगरे आन्दोलन गर्न समेत बाध्य हुने चेतावनी पनि दिइएको सो ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

Leave a Reply